न्युजील्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शुक्रवार सम्पन्न चौथो टी२० मा ५० रनको विजय हासिल गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो ।
जवाफमा न्युजील्यान्ड १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।
अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ७९ रन बनाए । अन्य ब्याट्स्म्यानको खासै योगदान रहेन ।
न्युजील्यान्डका बलर इश सोधीले तीन, ट्रेन्ट बोल्टले दुई र मिचेल स्यान्टनरले एक विकेट लिए ।
न्युजील्यान्डको ब्याटिङ निकै कमजोर रह्यो । टप र मिडल अर्डर चल्न नसक्दा टीम स्कोर चेज गर्न असमर्थ भयो । नवौं अर्डरका ब्याट्स्म्यान काइल जेमीसनले सर्वाधिक ३० रनज बनाए ।
अस्ट्रेलियाका बलरहरूले न्युजील्यान्डलाई खुलेर खेल्न दिएनन् । केन रिचर्डसनले तीन अनि एश्टन एगर, याडम जाम्पा र ग्लेन म्याक्सवेलले दुई–दुई विकेट लिए ।
शृंखलाको अन्तिम तथा निर्णायक खेल आइतवार हुनेछ ।