०८ असार २०८३, सोमबार

राजनीतिक मात्र होइन, वैधानिक रूपमै म संसदीय दलको नेता हुँ – प्रचण्ड

फागुन २१, २०७७
राजनीतिक मात्र होइन, वैधानिक रूपमै म संसदीय दलको नेता हुँ – प्रचण्ड
फाइल फोटो

नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू वैधानिक रूपमै नेकपा संसदीय दलको नेता बनेको टिप्पणी गरेका छन् ।

शुक्रवार सिंहदरबारको संसद सचिवालयमा बसेको बहुमत सांसदहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले वैधानिक ढंगबाट जिम्मेवारी पाएको बताए ।

'यो पटक वैधानिक ढंगबाट संसदीय दलको मैले जिम्मेवारी पाएको छु,' प्रचण्डले भने, 'जो माननीय सदस्यहरू भ्रममा हुनुहुन्छ, केपी गुटमा हुनुहुन्छ, जिम्मेवारीका साथ यता आउन अपिल गरेका छौं ।'

उनले आज बसेको संसदीय दलको बैठक नै आधिकारिक रहेको दाबी गरे । 'झन्डै १ सय १५ जना हस्ताक्षरसहितको बहुमतले मलाई दलको नेता चुनेको छ,' उनले भने, 'अब ओलीले अबिलम्ब राजीनामा दिनु सहज हुन्छ । नभए हामी संविधान नियम कानूनअनुसार चल्छौं ।'

उनले ओलीले नै अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारिएको बताए । 'अविश्वासको प्रस्ताव ल्याउन बाध्य बनाइएको छ । तर हामी कांग्रेस जसपा लगायतका दलसँग छलफलमै छौं । असंवैधानिक अलोकतान्त्रिक निरङ्कुश र स्वेच्छाचारी भन्दै गए, मुद्दाका हिसाबले हामी सहकार्य गरेर जान्छौं । सहमतिका आधारमा अघि बढ्छौं ।'

salt training

कमेन्ट गर्नुहोस्