विप्लव समूहसँग सम्झौता हुनु स्वागतयोग्य


नेपाल बार एशोसिएशनले सरकार र नेपाल कम्युनिष्ट पार्टी बीचको वार्ताको स्वागत गर्दै सम्झौताको इमान्दारीपूर्वक पालना गरी कार्यान्वयन गर्न सबै पक्षलाई आह्वान  गरेको छ ।
 
बारका महासचिव लीलामणि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सरकार र नेकपा माओवादी विप्लव समूहसँग सम्झौता हुनु स्वागतयोग्य काम भएको र सम्झौताको इमान्दारपूर्वक कार्यान्वन गर्न आग्रह गरिएको छ ।
 
    विगत केही वर्षदेखि नेपालमा देखिएको द्वन्द्व र शान्ति–सुरक्षा, अमन–चयनमा पुग्न गएको खलल एवं नागरिकहरुको मौलिक तथा मानव अधिकार हनन्का घटनामा आगामी दिनमा सुधार आउने विश्वास पनि बारले लिएको छ ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्