२७ जेठ २०८३, बुधबार

धमाधम रिहा हुन थाले विप्लवका नेता कार्यकर्ता

फागुन २१, २०७७
धमाधम रिहा हुन थाले विप्लवका नेता कार्यकर्ता

शान्तिपूर्ण राजनीतिमा आएसँगै नेकपा विप्लव समूहका नेता कार्यकर्ता धमाधम रिहा हुन थालेका छन् ।
गृह मन्त्रालयको निर्देशनमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भए ।
यस्तै  नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन्।  

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत  पुन गत साउनमा पक्राउ परेका थिए ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

अन्यलाई पनि प्रक्रिया पुरा गरेर रिहा गरिने सरकारले जनाएको छ । विप्लव समूहका १ सय बढी नेता कार्यकर्ता जेल तथा अनुसन्धानका क्रममा हिरासतमार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्