पृतनापति समन्वयात्मक बैठक सकियो

फागुन १९ गतेबाट सञ्चालन भएको तीन दिवसीय 'पृतनापति समन्वयात्मक बैठक २०७७' शुक्रबार सम्पन्न भएको छ । जंगी अड्डास्थित सगरमाथा हलमा सो बैठक आयोजना भएको थियो ।
उक्त समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने र भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताए ।

नीति, नियम र निर्देशिकामा आधारित कार्य प्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित System Driven Organization को रुपमा स्थापित गर्ने भन्दै उनले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरुको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिए ।


Advertisement

नियमित रुपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्