×

NMB BANK
NIC ASIA

‘पर्ख र हेर’को अवस्थामा कांग्रेस

फागुन २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाको दाहाल–नेपाल खेमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहे पनि कांग्रेस अझै ‘पर्ख र हेर’को अवस्थामा छ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध रहे पनि कांग्रेसले आगामी सत्ता समीकरणबारे निर्णय नलिएको हो। सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक–फरक धारणा आइरहेका छन्। अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै नेतृत्व हुनुपर्ने पक्षमा देखिएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सभापति शेरबहादुर देउवा सम्भावित सत्ता समीकरण, संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्। सभापति देउवाले शुक्रबार संसदीय दलको बैठकमा सांसदका कुरा सुने। देउवाले बिहीबार पदाधिकारी, पूर्वपदाधिकारीसहित संसदीय फाँटको जिम्मेवारीमा रहेका नेताहरूसँग छलफल गरेका थिए। देउवाले सत्ता समीकरणबारे निर्णय गर्नुपर्ने बेला आइनसकेको बताए। उनले बैठकको सुरुमै सांसदहरूलाई सत्ता समीकरणकाबारे नभई प्रतिपक्षी दलका रूपमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे धारणा राख्न आग्रह गरेका थिए। 


Advertisment
Nabil box
Kumari

बैठकमा बोल्ने सबैजसो सांसदले सरकार गठनकै बारेमा बोलेका थिए। अधिकांशले सरकारमा जाने भए कांग्रेसको नेतृत्व हुनुपर्नेमा जोड दिए। ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ भने सरकारमा जानुपर्छ भन्ने नै सबै सांसदको राय थियो’, सांसद डा. डिला संग्रौलाले अन्नपूर्ण पोस्ट्सँग भनिन्, ‘निर्णय नै त भएन तर सबैको सुझाव सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै थियो।’

Vianet communication
Laxmi Bank

सांसदहरूले ओलीसँग सत्ता सहकार्य गर्न नहुनेमा जोड दिए। उनीहरूले कांग्रेस निरन्तर आन्दोलनमा रहेकाले यही सरकारसँग समीकरण गर्न नैतिक रूपमा पनि नमिल्ने तर्क गरे। ‘ओली सरकारसँग मिलेर जाँदा हामीले जनतालाई के जवाफ दिने ?, सांसद गगन थापाले भने, ‘ओलीसँग मिलेर सरकार बनाउने कुरा सोच्न पनि सकिन्न।’ उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएर निष्कर्षमा पुग्न सभापति देउवालाई सुझाव दिए। अन्नपूर्ण पोस्ट दैनिकमा खगेन्द्र भण्डारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x