०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले आइतवार कोरोना विरुद्धको खोप लगाउने

फागुन २२, २०७७
प्रधानमन्त्री ओलीले आइतवार कोरोना विरुद्धको खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् । 

ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतवार खोप लगाउने कार्यतालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार, आइतवार बिहान १० बजे प्रधानमन्त्री ओलीले खोप लगाउनेछन् । 

प्रवक्ता गौतमले भने,‘भोलि आइतवार बिहान १० बजे शिक्षण अस्पतालमा प्रधानमन्त्री ज्युले खोप लगाउने कार्यक्रम छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्