मुम्बई – बलिउड अभिनेत्री मनिषा कोइराला पछिल्लो समय क्यान्सरबाट तङरिएको लामो समय भएको छैन । उनी अहिले आफ्नो कमब्याक चलचित्र ‘डियर माया’ को शूटिङमा प्रचारमा व्यस्त छिन् । आफ्नो चलचित्रको प्रमोसनका लागि ‘द कपिल शर्मा शो’ मा समेत पुगेकी यी अभिनेत्रीले पछिल्लो समय मिडिया हाइप पनि पाइरहेकी छिन् ।

उनले ट्वीटरमा आफ्नो एक तस्वीर सार्वजनिक गर्दैै चलचित्रको रिलिज मिति नजिकै आउँदै गरेको बताएकी छिन् । उनको चलचित्र आउँदो जुन २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
ट्रेलरले नै राम्रो चर्चा बटुलेको फिल्म ‘डियर माया’ मा उनी एक लापत्ता बुढीको भूमिकामा छिन् । प्रचारमा व्यस्त यी स्टारको डियर माया कस्तो रहनेछ भन्ने थाहा पाउन भने केही समय कुर्नुपर्ने भएको छ ।