२२ जेठ २०८३, शुक्रबार

यी हुन् सर्वाधिक लोकप्रिय पाँच स्मार्टफोन

कात्तिक २०, २०७४
यी हुन् सर्वाधिक लोकप्रिय पाँच स्मार्टफोन

आजकल धेरै मानिसको हातमा स्मार्टफोन भेटिन्छन् । तर कुन चाहिँ स्मार्टफोन मानिसले रुचाएका छन् त ?
अनुसन्धान कम्पनी स्मार्टफोन मोडल ट्य्राकरले कुन स्मार्टफोन बढी बिक्यो र कसको मार्केट शेयर बढी रह्यो भन्ने हिसाब राख्छ । सन् २०१७ को पहिलो त्रैमासिकमा तल उल्लेखित पाँच स्मार्टफोन बढी बिके ।


एप्पल आईफोन ७

एप्पल कम्पनीको स्मार्टफोन आईफोन ७ सूचीको शीर्ष स्थानमा छ । पहिलो त्रैमासिकमा यो फोन सर्वाधिक बिक्यो । संसारभरि यसको दुई करोड १५ लाख यसनिट बिक्यो । फोनको ग्लोबल मार्केट शेयर ६ प्रतिशत रह्यो ।

एप्पल आईफोन ७ प्लस
दोस्रो नम्बरमा पनि एप्पलकै प्रोडक्ट रह्यो । आईफोन ७ प्लस अलि ठूलो स्क्रीन भएको स्मार्टफोन हो । यो एक करोड ७४ लाख प्रति बिक्यो संसारभर । यसको मार्केट शेयर पाँच प्रतिशत रह्यो ।

ओप्पो आर९एस
सूचीमा तेस्रो नम्बरमा चिनियाँ कम्पनी ओप्पोको स्मार्टफोन रह्यो । यसको ८९ लाख युनिट बिक्यो ।

सामसुङ ग्यालेक्सी जे३
चौथो सबभन्दा लोकप्रिय स्मार्टफोन सामसुङ ग्यालेक्सी जे३ रह्यो । यसको ६१ लख युनिट बिक्यो । ग्लोबल मार्केट शेयर १.७ प्रतिशत रह्यो ।

सामसुङ ग्यालेक्सी जे५
पाँचौं स्थानमा सामसुङकै उत्पादन जे५ रह्यो । यो पहिलो त्रैमासिकमा ५० लाख प्रति बिक्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्