३१ जेठ २०८३, आइतबार

लोहनीको एकीकृत (राप्रपा) राष्ट्रवादीमा थपिए ८ जना पदाधिकारी

कात्तिक २०, २०७४
लोहनीको एकीकृत (राप्रपा) राष्ट्रवादीमा थपिए ८ जना पदाधिकारी

काठमाडौं, ८ जेठ– कमल थापाको नेतृत्व अस्वीकार गर्दै नयाँ पार्टी एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) खोलेका डा. प्रकाशचन्द लोहनीले पार्टीको विभिन्न जिम्मेवारीमा ८ जना पदाधिकारी र अन्य दुई जनालाई केन्द्रीय सयदस्यमा मनोनयन गरेका छन् ।


लोहनीले तारानाथ लुईँटेल, ऋषिबाबु परियार, बृजलाल यादव, मीनबहादुर कुँवर र अधिवक्ता विष्णु भट्टराईलाई उपाध्यक्षमा नियुक्त गरेका छन् । यस्तै श्याम तिमल्सिना र भरतजंग उप्रतीलाई महामन्त्रीमा मनोनयन गरिएको छ भने प्रकाशचन्द्र सुवेदी सहप्रवक्तामा नियुक्त भएका छन् ।

यस्तै उज्ज्वल पोख्रेल र श्याम लामालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
दुई राप्रपाबीच एकीकरण पछि बनेको राप्रपाको नेतृत्व कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोहनीले चैत १६ गते आफ्नै अध्यक्षतामा ७१ सदस्सीय एराप्रपा राष्ट्रवादी घोषणा गरेका थिए । घोषणा गरेकै दिन पार्टीको वरिष्ठ नेतामा केशर बहादुर विष्ट रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्