काठमाडौं, १२ पुस– प्रमुख राजनीतिक दलहरु ०६३–६४ को जनआन्दोलनसँगै प्राप्त उपलब्धि संस्थागत गर्न लागि पर्नुको साटो खिचातानीमै अल्झिएका छन् ।

एकजुट भइ संविधानसभाबाट संविधान जारी गर्न सफल भएपनि कार्यान्वयनमा भने तत्परता नदेखिएको आजको
कारोबार दैनिकमा खबर छ ।
यतिबेला संघीयतालाई संस्थागत गर्नुभन्दा पनि त्यसबाट भाग्न खोजेको आशंका बढ्न थालेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पुरानै संरचनामा निर्वाचन गर्ने पक्षमा देखिनु अनि प्रदेश सीमांकनको किचलोमा अल्झिनुले पछाडि फर्किन लागेको आशंकामा बल पुगेको छ ।
सबैभन्दा ठूलो दल कांग्रेसले समेत पुरानै संरचनामा निर्वाचन गर्न माग गरेको छ ।