२८ जेठ २०८३, बिहीबार

तपाईंकै सरकार होइन यो ? भन्ने प्रश्नमा माधव नेपालको जवाफ– 'खोइ भन्छन्, मलाई त थाहा छैन'

फागुन २६, २०७७
तपाईंकै सरकार होइन यो ? भन्ने प्रश्नमा माधव नेपालको जवाफ– 'खोइ भन्छन्, मलाई त थाहा छैन'
फाइल फोटो

नेकपा एमालेका प्रभावशाली नेता माधवकुमार नेपालले सरकारको निरन्तरताबारे पार्टीमा आफूसँग कसैले केही कुरा नगरेको बताएका छन् ।

तपाईंकै पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब हामी सरकार टिकाउन लागिपर्छौं भन्नुभएको छ नि भन्ने प्रश्नमा नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसद् भवन बानेश्वरबाट बाहिरिने क्रममा बुधवार खनालले भने, 'कसैले मलाई भन्न आको पनि छैन । सरकारका मान्छेले मसँग कुरै गर्‍या छैनन् अहिले ।' 

पत्रकारले प्रतिप्रश्न गरेपछि नेपालले थपे, 'मसँग कसैले कुरै गर्‍या छैन, टिकाउने नटिकाउने भन्ने कुरा । प्रस्ताव आएपछि कुरा गरौंला ।'

तपाईंकै सरकार होइन यो भन्ने प्रश्नमा भने नेपालले व्यंग्य मिश्रित जवाफ दिए । 'खोइ भन्छन्, मलाई त थाहा छैन,' नेता नेपालले भने ।

salt training

कमेन्ट गर्नुहोस्