०२ असार २०८३, मंगलबार

दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

फागुन २६, २०७७
दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरुले कालो, निलो रङ्गको प्लाष्टिककोे झोलाभित्र दुई वटा पोका बनाई लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला पारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्