
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता माधव कुमार नेपाल समूहले प्रचण्डको गृहकार्य बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको कुरा गरेको आरोप लगाएका छन् ।
'प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुर्यो रे ? यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्न', उनले सामाजिक सञ्जालमार्फत नेपाल समूहलाई लक्षित गर्दै भनेका छन्, 'प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले)मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ । सके पाँच बर्ष सरकार चलाउन उहाँको सहयोगी बन्नु, नसके यस्तो निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु नै उत्तम हुन्छ ।'
उनले राजीनामाको बेमौसमी बाँसुरी धेरै बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भन्ने सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमतापूर्ण हुने समेत चेतावनी दिएका छन् । नेपाल समूहले ओलीको राजीनामा दिनुपर्ने आवाज उठाएपछि थापाले यस्तो बताएका हुन् ।