३१ असार २०८३, बुधबार

एनएमबिका ग्राहकहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा सहुलियत

फागुन २७, २०७७
एनएमबिका ग्राहकहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्टमा सहुलियत

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीहरुलाई द होराइजन होटल र आगन्तुक रिसोर्ट, बनेपामा विशेष छुटको ब्यबस्था सहित समझदारी गरेको छ ।

सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका छन् । 

एनएमबि बैँकको द होराइजन होटल र आगन्तुक रिसोर्टबीच भएको छुट्टाछुट्टै समझदारी अनुसार खाना, पेय पदार्थ, आवास, स्विमिङ्ग, स्पा सुबिधाहरुमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने स्विमिङ्ग, हेल्थ क्लब र बर्थ डे केकहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्