
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले १३ वर्षअघिको महाशिवरात्री पर्व स्मरण गर्दै शुभकामना दिएका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्विटरमा १३ वर्षअघिको तस्वीर राखेर राजदूत बेरीले ६ वटा शिवरात्री धुमधामसँग अनुभव गर्ने अवसर पाएको जनाएका छन् ।
उनले लेखेका छन्, ‘महाशिवरात्रीको शुभकामना ! मैले नेपालमा झण्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सबैभन्दा मनपर्ने यो तस्वीर चाहिँ १३ वर्षअघिको हो । तपाईंहरू सबैको दिन शुभ रहोस् ।’
महाशिवरात्रीको शुभकामना। मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्। Happy #Mahashivaratri2021! 🙏 pic.twitter.com/ivuqhAOz11
— Ambassador Randy Berry (@USAmbNepal) March 11, 2021