
लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेसको उपाधि सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ का सुमन कुलुङ्गले हात पारेका छन् ।
नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको अवसरमा सिन्धुपाल्चोकको भोटेकोशीमा भएको ४२ किलोमिटरको ट्रेल रेस २ घण्टा १ मिनेटमा पार गर्दै प्रथम हुन सफल भएको नेपाली सेनाले जनाएको छ ।
पर्वतका अनिस थापा मगर द्वितीय र वेदबहादुर सुनुवार तृतीय भएका छन् ।
प्रथम, द्वितीय र तृतीयले क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद पाएको सेनाले जनाएको छ ।
सिन्धुपाल्चोक जिल्लामा तैनाथ गोरख बक्स गण र विभिन्न सरकारी निकाय तथा संघ संस्थाहरुको सहकार्यमा ऐतिहासीक लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रबर्द्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले ‘लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस’ प्रतियोगिता गरेको सेनाले बताएको छ ।