३० जेठ २०८३, शनिबार

अमेरिकाको यस्तो गाउँ जहाँ प्रत्येक घरमा छ विमान ! (भिडियो)

फागुन २९, २०७७
अमेरिकाको यस्तो गाउँ जहाँ प्रत्येक घरमा छ विमान ! (भिडियो)

घरमा बाइक र कार हुनु सामान्य कुरा हो । तर अमेरिकामा एउटा यस्तो गाउँ छ जहाँँ हरेक घरको ग्यारेजमा कार मात्र नभई विमान पनि राख्ने गरिएको छ । 

अमेरिकाको रेसिडेन्सियल एयरपार्क इलाकाको कुरा गरिएको हो । एक टिकटक प्रयोगकर्ताले यस ठाउँको भिडियो शेयर गरेपछि त्यो भाइरल बनेको थियो । प्रत्येक घरबाहिर विमान राखेको देखिन्छ ।

दोस्रो विश्वयुद्धमा अमेरिकाले निर्णायक भूमिका निर्वाह गरेको थियो । अमेरिकामा सन् १९३९ सम्म ३४ हजार पाइलट थिए । सन् १९४६ सम्म तिनको संख्या बढेर चार लाखभन्दा बढी भयो ।

विश्वयुद्ध अन्त्य भएपछि एयरफील्ड र पाइलट खाली भए । त्यसपछि अमेरिकाको सिभिल एयरोनटिक्स एडमिनिस्ट्रेसनले आवासीय एयरपार्क बनाउने प्रस्ताव राख्यो । त्यसअन्तर्गत बन्द भइसकेका एयरस्ट्रिपहरूमा सेवानिवृत्त सैन्य पाइलटहरूलाई राख्ने निर्णय लिइयो । यस्ता बस्तीहरूलाई फ्लाई इन कम्युनिटीज भनिन्छ । त्यहाँ हरेक घरमा कार जस्तै एक विमान हुन्छ । 

यस बस्तीमा सडकहरू चौडा हुन्छन् र तिनमा विमान र कार एकअर्कासँग नठोकिइकन जान सक्छन् । 

संसारमा ६३० भन्दा बढी आवासीय एयरपार्क छन् । तिनमा ६१० भन्दा बढी अमेरिकामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्