२९ असार २०८३, सोमबार

आखेटोपहारमा परराष्ट्रमन्त्रीले लगाए आगो

कात्तिक २०, २०७४
आखेटोपहारमा  परराष्ट्रमन्त्रीले लगाए  आगो
चितवन, ९ जेठ-दुई दशकदेखि विभिन्न संरक्षित क्षेत्रमा संरक्षण गरिएका ४ हजार १२ थान आखेटोपहारलाई सरकारका तीन मन्त्री, एक राज्यमन्त्रीसहित ५ सय संरक्षणकर्मीको संलग्नतामा नष्ट गरिएको छ ।akheta

आफैं मरेका र चोरीसिकार गर्ने क्रममा बरामद भएका ४८ प्रजातिका आखेटोपहार जलाइएको हो । सरकारले आखेटोपहारऔषधिलगायत अन्य कुनै प्रयोजनमा प्रयोग हुँदैन भन्ने सन्देश दिन सार्वजनिक रूपमा आखेटोपहार नष्ट गरिएको जनाएको छ ।

चितवनको कसरमा मुलुकभरका आखेटोपहार भेला गरी सोमबार मन्त्रीकै उपस्थितिमा नष्ट गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा जलाउने कार्यक्रम रहे पनि उनी उपस्थित नभएपछि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आखेटोपहारमा आगोे लगाएका थिए ।
उनले विशेष प्रकारले बनाइएको भट्टीमा आगो लगाएर वन्यजन्तुको अंग नष्ट गरे । आखेटोपहार जलाउने विशेष कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारी वन राज्यमन्त्री दीर्घराज भाट सहभागी थिए, राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्