१० साउन २०८३, आइतबार

एमाले-मोर्चा जुहारी

कात्तिक २०, २०७४
एमाले-मोर्चा जुहारी
काठमाडौं, १२ पुस - संविधान संशोधन प्रस्ताव सम्पूर्ण रूपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जानसक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावनीका कारण सभामुख ओनसरी घर्तीमगरले बोलाएको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
आइतबारको संसद् बैठक स्थगन गरेर सभामुख घर्तीमगरले सोमबार बोलाएको प्रमुख दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निर्वाचन र महाभियोग प्रस्तावलाई ‘प्याकेजमै डिल गर्ने' प्रस्ताव राख्नासाथ एमाले नेता भीम रावलले त्यसको ठाडै प्रतिकार गर्दै भने, ‘संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद् अवरोध जारी नै रहन्छ ।'
मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने गणितको मात्रै दम्भ गर्दा विश्वराजनीतिमा देशहरू अलग हुन पुगेको इतिहास स्मरण गर्न एमालेलाई आग्रह गरेको जानकारी स्रोतले दियो । ‘एउटै देशमा एक वर्गको भाषा, भेषभूषा हुनसक्ने, अरूको किन हुँदैन ? ' भन्ने प्रश्न गर्दै ठाकुरले भने, ‘९० र १० प्रतिशतको कुरा हो भने १० प्रतिशतले ९० प्रतिशतबाट अलग हुने प्रस्ताव राख्न सक्छ ।
९० प्रतिशतको बन्दुक र गोलीगट्ठाविरुद्ध राम्रै प्रतिकार गरेको दिनको जिम्मेवार को हुने ? ' उनले थपे, ‘१० प्रतिशत किन चाहियो ? हिम्मत भए सबै नीति निर्णय एक्लै गरे हुन्छ । हामी पनि समय, परिस्थितिअनुकूलको प्रतिकारका लागि तयार छौं ।' ठाकुरले कथित राष्ट्रवादको नाराले केही नहुने भन्दै सहमति, सहकार्य र एकता राष्ट्रियताको मापदण्ड हुनुपर्छ भन्ने मान्यतामा रहेको बताएका थिए ।
संसद् भवन नयाँबानेश्वरमा तीन घन्टा बसेको बैठकमा सत्तापक्ष, प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चाका नेता आरोप-प्रत्यारोपमा उत्रिएपछि संसद्को गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको बैठक बिनानिष्कर्ष टुंगिएको आजको अन्नपूर्ण पोस्टमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्