ठमाडौं – भारतको पटनामा एक व्यक्तिले घर बन्द गरेर गाउँ जाँदा चोरहरूको खुदो पल्टिएको छ ।
चोरहरूले घरबाट ६० लाख भारु चप्काए अनि शीशामा के के लेखेर गए ।
पटनाको हनुमान नगरमा चोरहरूले व्यापारीको ६० लाख भारुका अलावा गहना अनि घरका महंगा सामानहरू लगिदिए । उनीहरूले टूथपेस्ट समेत चोरिदिए ।
चोरेपछि उनीहरूले लिपस्टिक लिएर ड्रेसिङ टेबलको शीशामा लेखे, ‘भाउजु, तपाईं गजबकी हुनुहुन्छ । भगवानको दयाले तपाईं धेरै उन्नति गर्नुस् ।’ दाजुका बारेमा चाहिँ उनीहरूले अपशब्द लेखे ।
पीडित परिवार प्रहरी थाना पुगेर लुटपाटको उजुरी दर्ता गर्न चाहेको भए पनि प्रहरीले चोरीको एफआईआर लेख्यो ।
बूढा आमाबुवालाई भेट्न टठमा गाउँ गएको र चोरहरू राति दुई वा तीन बजेतिर चोरी गरेको पीडितले बताए ।
प्रहरीले घटनास्थलमा पुगेर छानबिन शुरू गरेको छ ।
एजेन्सी