३१ जेठ २०८३, आइतबार

प्रधानमन्त्रीले साथै हिडौं, तपाईंहरुका माग म पूरा गर्छु भन्नुभयो : जसपा

फागुन २७, २०७७
प्रधानमन्त्रीले साथै हिडौं, तपाईंहरुका माग म पूरा गर्छु भन्नुभयो : जसपा

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)सँग औपचारिक प्रस्ताव राखेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साझ भएको नेकपा र जसपा शीर्ष नेताको बैठकमा ओलीले सहकार्यका लागि प्रस्ताव राखेका हुन् ।

‘प्रधानमन्त्रीजीले साथै हिडौं म तपाईँहरुका माग पूरा गर्न तयार छु भन्नुभयो’ प्रधानमन्त्री सहितको बैठकमा सहभागि जसपा नेता लक्ष्मणलाल कर्णले लोकान्तरसँग भने । नेता कर्णका अनुसार सरकारसँग जसपाले तीन बुँदे प्रस्ताव राखेको थियो ।

‘रेशम चौधरी लगायत मधेस आन्दोलनका बन्दी रिहाइ, मधेस आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा फिर्ता र संविधान संशोधन लगायतका शर्त हामीले राखेका छौं’ कर्णले भने ।
सहमतिको मोडालिटी बनाउन यसअघि गठन गरिएको कार्यदललाई औपचारिकता दिएर भोलि साँझ छलफल गर्ने सहमति भएको उनले बताए । कार्यदलमा नेकपा एमालेको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई छन् ।
जसपाको तर्फबाट नेता कर्ण, सर्वेन्द्रनाथ शुक्ला छन् । जसपाको तर्फबाट भोलि अर्का एक नेता थपिने उनले जानकारी दिए ।
बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुका तीन बुँदे शर्तमा सहमति भएपछि मात्र सरकारमा सहभागि हुने विषयमा निर्णय लिइने बताएका थिए । रेशम चौधरीको रिहा लगायत आफूहरुका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
वार्तामा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता तथा जसपा अध्यक्ष ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो अशोक राई  लगायत नेता सहभागी थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भोलि फेरि छलफल हुने जानकारी गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्