१३ असार २०८३, शनिबार

अब स्वीकृति नलिएरै फ्रिक्वेन्सी

फागुन २८, २०७७
अब  स्वीकृति नलिएरै फ्रिक्वेन्सी

घरायसी प्रयोजनमा  उपयोगी  हुने  निश्चित  ब्यान्डका फ्रिक्वेन्सी स्वीकृति नलिई उपयोग गर्नसक्ने व्यवस्था गरिने भएको छ। नियामक नेपाल दूरसञ्चार  प्राधिकरणले  सीमित  क्षेत्रभित्र प्रयोग  गर्न  सकिने  त्यस्तो  फ्रिक्वेन्सीलाई सेवा  प्रदायकले  अनुमति  नलिएरै  प्रयोग गर्नसक्ने गरी तयारी थालेको हो।

 दूरसञ्चार    सञ्जालको    विकास एवं   विस्तारका   लागि   आवश्यक   पर्ने अनलाइसन्स्ड   (अनुमति   लिनु   नपर्ने) फ्रिक्वेन्सीका   लागि   प्राधिकरणले   रेडियो फ्रिक्वेन्सी   नीति   निर्धारण   समितिलाई सिफारिस गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

   “अनुमति   नलिएरै प्रयोग   गर्न   सकिने   ब्यान्डको   पहिचान गरेर   प्राधिकरणले   समितिलाई   सिफारिस गरेको  छ,”  उनले भने,  “समितिको स्वीकृतिपछि  त्यस्तो  फ्रिक्वेन्सी  प्रयोग  गर्न प्राधिकरणको स्वीकृति अनिवार्य हुने छैन।” प्राधिकरणले  तत्काल  ५.१  गिगाहर्ज ब्यान्डको   फ्रिक्वेन्सीलाई   अनलाइन्सेन्स्ड बनाउने गरी सिफारिस गरेको हो। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्