२२ असार २०८३, सोमबार

कांग्रेसले बोलायो पदाधिकारी बैठक, आजै जसपासँग छलफल

फागुन २८, २०७७
कांग्रेसले बोलायो पदाधिकारी बैठक, आजै जसपासँग छलफल
फाइल फोटो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए । 

नयाँ सत्ता समीकरणका लागि गृहकार्य भइरहेको समयमा कांग्रेसले अन्य दलसँग छलफल गर्नुअघि पार्टीको धारणा बनाउन पदाधिकारी बैठक बोलाएको हो । 

बैठकमा नयाँ सत्ता समीकरण तथा ‘अर्ली इलेक्सन’बारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् । पुनःस्थापित प्रतिनिधि सभाले निकास दिन नसक्ने भन्दै कांग्रेस नेताहरूले आवधिक भन्दा पनि ‘अर्ली इलेक्सन’ गर्नुपर्ने बताउँदै आएका छन् ।  

कांग्रेस पदाधिकारी बैठकलगत्तै जसपाका नेताहरूसँग सभापति शेरबहादुर देउवाले छलफल गर्दैछन् । 

जसपा नेताहरूलाई ४ बजे छलफलका लागि बोलाइएको महतले जानकारी दिए । नयाँ सत्ता गठबन्धनका लागि निर्णायक मानिएको जसपासँग नेकपा एमालेले हिजो मात्र छलफल गरेको थियो । 

नेकपा माओवादी केन्द्रले पनि जसपासँग छलफल गरिसकेको छ । कांग्रेसले भने अहिलेसम्म जसपासँग वार्ता गरेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्