×

NMB BANK
NIC ASIA

नयाँ समीकरणको कसरत

प्रधानमन्त्रीका लागि एमालेबाट थप २ नाम प्रस्ताव आएको छ – वर्षमान पुन [अन्तर्वार्ता]

फागुन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय आफू अनुकूल सत्ता समीकरण बनाउन दलहरू दौडधूपमा व्यस्त छन् । अदालतले पूर्ववत् पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन् । यद्यपि माओवादी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता गरेको छैन । 

Muktinath Bank

संसदको अंकगणित हेर्दा ३ प्रकारका सत्ता समीकरण बन्न सक्ने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ । ती हुन् – पहिलो जसपाको समर्थनसहित ओली नै प्रधानमन्त्री बन्ने, दोस्रो एमालेलाई प्रतिपक्षमा राखेर कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बनाउने र तेस्रो एमाले र माओवादीको गठबन्धन कायमै राखेर अर्को कुनै नयाँ प्रधानमन्त्रीको खोजी गर्ने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’सबै विकल्पमा कुराकानी भइरहेको स्वीकार्छन् । लोकान्तरकर्मीईश्वर अर्यालले नेता पुनलाई वाम गठबन्धन भित्रैबाट नयाँ प्रधानमन्त्री बन्ने सम्भावना कति छ भनेर सोधेका थिए ।


Advertisment
Nabil box
Kumari

कुराकानीका क्रममा नेता पुनले एमालेको ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलको नामसहित प्रस्ताव आएको खुलासा गरेका छन् । प्रस्तुत छ नेता पुनसँग गरिएको कुराकानीको सम्पादित अंश – 

Vianet communication
Laxmi Bank

संसदमा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन नसकेको आरोप लागिरहेको छ तपाईंहरूलाई । जसका विरुद्ध आन्दोलन गर्नुभयो, उसैलाई अहिलेसम्म समर्थन दिइरहनुको कारण के हो ?

– कानूनी रूपले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहेन । माओवादी केन्द्र बनिसकेपछि हतारमा अलिकति प्रतिशोध देखिने गरी हामीले समर्थन फिर्ता लिन नचाहेको हो । यद्यपि हामीले माओवादीका तर्फबाट मन्त्रीमा गएका साथीहरूलाई फर्किन अनौपचारिक रूपले भनिसकेका छौं । 

उहाँहरू नफर्के आधिकारिक रूपले पहिलो चरणमा फिर्ता बोलाउँछौं । त्यसपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने, नलिनेबारे छलफल गर्छौं ।

अदालतको फैसलाका कारण ब्युँतिएका २ पार्टीमध्ये नेकपा एमाले राजनीतिक हिसाबले २ धार भएको अवस्था छ । माधव नेपाल पक्ष त पेरिसडाँडाबाट ओलीविरुद्ध संघर्ष गर्ने प्रतिबद्धतासहित बिदा भएको पक्ष हो । तर पार्टीको एउटा गुटसँग अर्को पार्टी माओवादी केन्द्रको सहकार्य कसरी अघि बढ्ला ?

– एमालेको नवौं महाधिवेशनपछि नेकपा एमालेको नेतृत्व २ वटा प्यानलमा चुनाव लडिसकेपछि हाराहारी रूपमा उहाँहरू निर्वाचित हुनुभयो । एमालेमा २ प्यानलबीच छलफल बहस हुने गरेको छ । दुवै पक्षबीच समस्या देखिइराखेको थियो र अहिले पनि छ । 

अहिले अदालतको निर्णयपछि उहाँहरूसँग छलफल हुनु अस्वाभाविक मान्न सकिन्न । विचार र प्रवृत्तिका रूपले माधव नेपाल पक्षको लाइन हामीसँग मिल्छ । ढिलोचाँडो फेरि कम्युनिस्ट आन्दोलनलाई एक गरेर अघि बढ्नुपर्छ भन्नेमा मिल्ने हो । त्यसका लागि उहाँहरूले पनि प्रयत्न गर्नुहोला, हामी पनि त्यसै गरेर अघि बढ्छौं ।

एमाले र माओवादी केन्द्रको गठबन्धनलाई चुनावसम्म लैजान प्रधानमन्त्रीका रूपमा तेस्रो व्यक्तिको खोजी भइरहेको भन्ने सुनिन्छ नि ? को हो त्यो तेस्रो व्यक्ति ?

– त्यसमा पनि साथीहरूले मेहनत गरिरहनुभएको छ । वाम गठबन्धन नै कायम गरेर जसकोमा सहमति बन्छ, सबैलाई सहज हुने खालको नेतृत्वमा सरकार बनाएर अहिलेको गठबन्धनलाई कायमै राख्ने कि भन्नेमा पनि छलफल चलिरहेको छ । 

केही प्रस्तावहरू आएका छन् । छलफलहरू चलिरहेका छन् । तर त्यसले अहिलेसम्म कुनै आकार प्रकार ग्रहण गरिसकेको अवस्था छैन । 

कस्तो प्रस्ताव आएको छ ? प्रस्तावित व्यक्तिको नाम भनिदिनुस् न ? 

– सुवास नेम्वाङजीको बारेमा, विष्णु पौडेलजीको बारेमा केही प्रस्तावहरू आएका थिए । तर पहिले प्रधानमन्त्रीको राजीनामा दिएपछि विकल्प सोच्नु उपयुक्त हुन्छ भनेर हामीले भनेका छौं । 

सम्भावित सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक बनिरहेको अवस्था छ । तपाईंहरूसँग पनि छलफल चलिरहेकै छ । के कुराकानी भएको छ तपाईंहरूबीच ?

– अहिले ३ पार्टीमध्ये जनता समाजवादी पार्टीको प्रधानमन्त्री ओलीसँग निकटता पनि देखिएको छ । संख्या पनि कम्फर्टेबल छ । अब अर्को अप्सन भनेको प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्ष गर्ने माओवादी, कांग्रेस र जसपा लगायतका दलहरू मिलेर सरकार बनाउने हो । 

यी ३ पार्टीको गठबन्धनको सम्भावना पनि छ । त्यो प्राकृतिक पनि हुन्छ । किनभने प्रधानमन्त्रीका लागि संसद त रहेन । अहिलेको उहाँको विचार र राजनीति भनेको संसद विघटन गर्ने र नयाँ चुनावमा जाने हो । यसलाई अदालतले संवैधानिक रूपले त्रुटिपूर्ण भनिसकेपछि उहाँले चाहिँ नैतिक रूपमा छाडेर अन्य विकल्पमा जाऔं भन्न सक्नुपर्थ्यो । 

अब कानूनी रूपले म सत्तामै रहन कोशिस गर्छु भनेर प्रधानमन्त्रीले भन्न नपाउने त होइन । नैतिक र राजनीतिक हिसाबले ३ पार्टीको गठबन्धन उपयुक्त हो । 

अदालतले माओवादी केन्द्र ब्युँताएपछि नेता तथा कार्यकर्ताहरू उत्साहित जस्ता देखिन्छन् । तर कम्युनिस्ट आन्दोलन खण्डित भएको अवस्थामा तपाईंहरूलाई किन खुशी लागेको होला ?

– कम्युनिस्ट आन्दोलन एक हुनुपर्छ भनेर प्रयत्न गरेको हो । तर ओलीजीको व्यक्तिवादी, अहंकारवादी र अलि नोकरशाही खालको एकाधिकारवादी सोचका कारण त्यो सफल भएन । उहाँमा पर्याप्त कम्युनिस्ट सोच देखिएन । 

तर व्यक्तिभन्दा पनि वस्तुगत हिसाबले कम्युनिस्ट आन्दोलन एक हुन्छ । वस्तुगत आधार छ । माओवादी केन्द्रका साथीहरू अहिले खुशीभन्दा अलग भएपछि जति पनि एजेण्डा छन्, ती माओवादीकै एजेण्डा हुन् । एजेण्डामा सबैलाई गोलबन्द गर्ने र वाम आन्दोलनका लागि पनि प्रयत्न गर्ने काम गर्नुपर्छ । 

हिजो लोकतन्त्र र संविधानका लागि लडेका सबै शक्तिलाई गोलबन्द गर्ने र संविधानलाई बचाउने त्यसै गरी विकास र समृद्धिको जुन जनताको चाहना छ, त्यसमा काम गर्ने हाम्रो उत्साहमा कुनै कमी छैन । 

तपाईंहरूलाई दुःखी हुन छुट छैन त्यसो भए ?

– दुःखी हुनुभन्दा पनि राजनीतिमा उतारचढाव हुन्छ, आरोहअवरोहकै बीचबाट अघि जाने हो । राजनीति सरल रेखामा चल्दैन । 

अन्तिममा ‘एमालेमै बस्छौं’ भनेर उता गएका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरूलाई कारवाही गर्ने तयारी छ तपाईंहरूको ?

– हामीले कानूनी रूपले फिर्ता आउनुस्, हामी सम्मानका साथ स्वागत गर्छौं भनेका छौं । त्यसो नहुँदा हामीले उहाँहरूलाई छिट्टै मन्त्रीबाट पनि फिर्ता गराउँछौं र नआउने भएपछि उहाँहरूलाई संसदबाट बिदा गरेर सजिलो बनाइदिन्छौं । 

तपाईंहरूले उता गएका नेताहरूसँग कुराकानी त गरिरहनुभएको होला नि ! को–को फर्किनेवाला छन्, को–को उतै बस्छन् ?

– कुरा भइरहेको छ । केही साथीहरू फर्किन्छौं भन्नुभएको छ । केही साथीहरू हामी राजनीतिक रूपले यतै बस्छौं भन्नुभएको छ । केही साथीहरूले वाम आन्दोलन कमजोर भएपछि तटस्थ बस्छौं भनेर भन्नुभएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x