१९ असार २०८३, शुक्रबार

हतियारसहित एक युवक पक्राउ

कात्तिक २०, २०७४
हतियारसहित एक युवक पक्राउ

धनुषा, ९ जेठ– जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोनार रहेका छन् ।

प्रहरीले उक्त युवकको कोठामा खानतलासी गर्दा उनको सुत्ने ओछ्यानको सिरानीमुनिबाट चार राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको धनुषाका नायब प्रहरी उपरीक्षक मनोज यादवले बताए ।

साह कुनै आपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनी कुन प्रयोजनको लागि हतियार बोकेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्