
शुक्रवार नेकपा एमालेको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका रामबहादुर थापा बादलले शनिबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् ।
उनले शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेर कार्यभार सम्हालेका हुन् ।
प्रतिष्ठानमा एमालेको वागमती प्रदेश कार्यालय छ । बादललाई प्रदेश इन्चार्जको रुपमा अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनीलगायतका नेताहरुले स्वागत गरेका थिए ।
शनिवार बादलले जिम्मेवारी सम्हाल्दै गर्दा संगठन विभाग प्रमुख बिष्णु पौडेलसमेत प्रदेश कार्यालयमा पुगेका थिए ।
यता नेकपा माओवादी केन्द्रले सरकारमा माओवादीका तर्फबाट मन्त्री भएकाहरूलाई राजीनामा दिन तथा २४ घन्टाभित्र स्पस्टिकरण दिन निर्देशन दिइसकेको छ ।