०४ असार २०८३, बिहीबार

अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : नेता महत

फागुन २९, २०७७
अनुशासनको पाठ खेलबाट सिक्नुपर्छ : नेता महत

नेपाली कांग्रेसका नेता डा रामशरण महतले अनुशासनको पाठ खेलबाट सिक्नुपर्ने बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना युवा क्लबले आयोजना गरेको नवौँ आदर्श तथा चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको आज समापन गर्दै पूर्वमन्त्रीसमेत रहेका डा महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गरे ।

खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उनको भनाइ थियो । खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उनले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्