०३ असार २०८३, बुधबार

महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरियो

फागुन २९, २०७७
महाशिवरात्रि मनाउन आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरियो

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनुभएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ ।

 गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै दक्षिणासहित साधुसन्तलाई बिदाइ गरेका हुन् । संस्थानले साधुसन्तलाई छ वर्गमा विभाजन गरी दक्षिणासहित बिदाइ गरेको छ । रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा विभाजन गरी दुई हजार साधुसन्तलाई दक्षिणासहित आज बिदाइ गरिएको संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्