०८ असार २०८३, सोमबार

भारतमा शनिबार एकैदिनमा यो वर्षकै धेरै संक्रमित भेटिए

फागुन २९, २०७७
भारतमा शनिबार एकैदिनमा यो वर्षकै धेरै संक्रमित भेटिए

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन । योसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ३३ हजार ७२८ पुगेको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
शनिबार सङ्क्रमितहरुको सङ्ख्या गत ८३ दिनपछिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि योभन्दा धेरै गत डिसेम्बर २० तारिखमा २६ हजार ६२४ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । 

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म एक लाख ५८ हजार ४४६ जनाको मृत्यु भएको छ । तीमध्ये १४० जनाको शनिबार बिहान ८ बजेभन्दा अगाडि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले दुई लाख दुई हजार २२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ९६.८२ प्रतिशत रहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्