१८ असार २०८३, बिहीबार

अचानक साधु भेषमा देखिए एमएस धोनी, कारण के ?

चैत १, २०७७
अचानक साधु भेषमा देखिए एमएस धोनी, कारण के ?

चेन्नई सूपर किङ्सका क्याप्टेन महेन्द्रसिँह धोनीको पछिल्लो लुक्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनका फ्यानहरूले अचम्मित हुँदै धोनीले किन यस्तो तस्वीर राखे भन्दै सोधिरहेका छन् । 

धोनीका फ्यानहरू उनको खेल कुशलताको मात्र नभई दाह्री र कपालको पनि फ्यान हुन् । तर पछिल्लो तस्वीरले उनीहरू निकै अचम्मित भएका छन् । 

धोनीले आफ्नो कपाल पूरै खौरीएका छन् भने दाह्री पनि । त्यसपछि उनले साधुको भेषमा नै तस्वीर खिचाएका छन् । 

स्टार स्पोट्र्सको अफिसियल ट्वीटरले धोनीको तस्वीर सार्वजनिक गरेको छ । उसले धोनीको फोटोबारे के सोच्नुभयो भन्दै प्रश्न समेत गरेको छ । 

धोनीको यो लुक आगामी कुनै विज्ञापनका लागि हुन सक्ने बताइएको छ । तर के हो भन्नेबारे खुलाइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्