१२ असार २०८३, शुक्रबार

बहादुर गोर्खालीले मात्र होइन सबैले गाडी चलाउन सक्ने सडक बनाउनुपर्‍यो– प्रधानमन्त्री ओली

बहादुर गोर्खालीले मात्र होइन सबैले गाडी चलाउन सक्ने सडक बनाउनुपर्‍यो– प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका स्थानीय तहको केन्द्रसम्म पुग्ने २ सय १० सडक निर्माणको शुभारम्भ गरेका छन् । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना गरेको कार्यक्रममा प्रादेशिक तथा स्थानीय सडक तथा सुधार कार्यक्रमको आइतवार काठमाडौंबाट शुभारम्भ गर्दै ओलीले आज एउटा नयाँ उचाइको काम भएको बताए ।

प्रादेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका २ सय ८३ स्थानीय तहलाई ५ वर्षभित्र सडक सञ्जालले जोड्ने कार्यक्रम छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा निर्माण हुने यी सडक निर्माणका लागि संघ सरकारले यसवर्ष ५ अर्ब रुपैया छुट्टाएको छ । 

अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले फेरि नयाँ उचाइको काम शुरु गरेका छौं, हाम्रो लागि एउटा गौरवको अभियान हो । उनले यो कार्यक्रममा अन्य स्थानीय तह पनि जोडिने बताए । 

‘अहिले बाटोको निर्माण अत्यन्त तीब्र गतिका साथ अगाडि बढेको छ, अब झनै बढ्ने छ’ ओलीले भने, ‘पहाडमा बाटो त बनिरहेको छ, बहादुर गोर्खालीले बाहेक अर्कोले हिँडाउनै सक्दैन, बहादुर गोर्खालीले मात्र होइन कि दुनियाँको कसैले हिँडाउन सक्ने बाटो बनाउनु पर्यो ।’ 

प्रधानमन्त्री ओलीले सडकको किनारबाट गाडी नखसोस् भन्नका लागि डिफेन्स वालसहितको बाटो बनाउन निर्देशन दिए ।

‘अब बन्ने सडकहरू असुरक्षित हुनु हुँदैन, चाहे स्थानीय तहले, प्रदेशले जहाँबाट निर्माण भएपनि राष्ट्रिय र अन्तराष्ट्रिय अनुभवलाई लिएर बाटो बनाउनु पर्‍यो र बाटो आफै सुरक्षित हुनुपर्यो’ ओलीले भने । 

तीन वर्षमा देख्दा सामान्य लाग्ने तर उथलपुथल हुने कार्यक्रम भइरहेको प्रधानमन्त्रीले दावी गरे । 

salt training

कमेन्ट गर्नुहोस्