
म्यान्मारको यांगोनमा चीनको लगानीमा रहेका दुई कपडा कारखानामा आइतवार २० जना मानिसले आगजनी गरेका छन् । ती मान्छेहरू मोटरसाइकलमा आएका थिए ।
फलामे छड, बन्चरो र मट्टीतेल लिएर आएका मानिसले सुरक्षाकर्मीलाई कुटपिट गरेका थिए र कारखानाका प्रवेशद्वार तथा गोदाममा आगो लगाए ।
एउटा कपडा कारखाना चिनियाँ स्वामित्वको हो भने अर्को चाहिँ चीन र म्यान्मारको संयुक्त लगानीको हो ।