०६ असार २०८३, शनिबार

यसरी हारेर पनि जिते इमरान खानले

चैत १, २०७७
यसरी हारेर पनि जिते इमरान खानले

पाकिस्तानी संसद्को माथिल्लो सदन सिनेटका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि भएका चुनावमा सत्तारूढ पाकिस्तान तहरीक–ए–इन्साफका उम्मेदवारले संयुक्त विपक्षी दलका उम्मेदवारलाई हराएका छन् । 

अध्यक्ष पदमा सरकारका उम्मेदवार सादिक संजरानीले ४८ तथा विपक्षी उम्मेदवार पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानीले ४२ भोट प्राप्त गरे । सिनेटमा कुल १०० सदस्य हुन्छन् तर दुईजना अनुपस्थित रहे अनि आठ भोट रद्द भए । 

यसअघि सिनेट चुनावमा पाकिस्तानको प्रतिष्ठित इस्लामाबाद सीटबाट विपक्षी दलका साझा उम्मेदवार गिलानीले सरकारी पक्षका उम्मेदवार अर्थमन्त्री हफीज शेखलाई हराएका थिए । 
 

गिलानीको शानदार जीतपछि विपक्षीहरूले सिनेट अध्यक्ष पदका लागि उनलाई संयुक्त उम्मेदवार बनाएका थिए तर उनी हारे । 

उपाध्यक्ष पदका लागि सत्तारूढ दलका उम्मेदवार मिर्जा अफ्रिदीले विपक्षी दलका अब्दुल गफूर हैदरीलाई हराए । 

चुनावमा प्रिजाइडिङ अफिसर मुजफ्फर हुसैन शाहले गिलानीका आठ मत बदर गरे किनकि सात सिनेटरले गिलानीको नाममाथि छाप हानेका थिए जबकि कोठाभित्र छाप लगाउनुपर्ने थियो । एक सिनेटरले चाहिँ दुवै उम्मेदवारको नाममा छाप हानेका थिए । 

यस मतदानपछि पाकिस्तानी राजनीतिमा नयाँ विवाद जन्मेको छ । सरकार र विपक्षीहरू आमनेसामने भएका छन् । 

एघार विपक्षी दलहरूको समूह पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले भन्यो, ‘हामीबाट जीत खोसिएको छ, हामी अदालत जान्छौं ।’

सरकारले चाहिँ चुनावमा हारले विपक्षी गठबन्धनको अन्तिम संस्कार गरेको बतायो । 

सरकारले बाजी जितेको अनि विपक्षीले जितेको बाजी पनि हारेको टिप्पणी भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्