काठमाडौं, ९ जेठ - गायक तथा पत्रकार सुरज पौडेलले आधुनिक पप गीत ‘ठुम्काले’ बजारमा ल्याएका छन् । चण्चले प्रेमको भावना प्रस्तुत गरिएको गीतको भिडियोमा मन्डी बाबु र रञ्जु शर्माले अभिनय गरेका छन् ।

अफ्नै शब्दमा तयार पारेको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् । भिडियोलाई रवि कोइरालाले खिचेका हुन् ।