३० असार २०८३, मंगलबार

मोडल हन्ट नेपाल सिजन ६ का प्रतिस्पर्धीहरूलाई आइएमई पेमार्फत भोट गर्न सकिने

मोडल हन्ट नेपाल सिजन ६ का प्रतिस्पर्धीहरूलाई  आइएमई पेमार्फत भोट गर्न सकिने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनर बन्ने भएको छ ।

गएको १३ फेब्रुअरीबाट शुरु भइ भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ । प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सकिनेछ । 

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर कूल ६८ जना युवा युवतीहरु यतिखेर मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्न मोडल हन्ट नेपाल सिजन ६ को प्लेटफर्ममा अभ्यस्त रहेका छन् ।

जस अन्तर्गत उनीहरुले र्‍याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गरिरहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्