×

NMB BANK
NIC ASIA

मिलेर अघि बढ्न ओलीको प्रस्ताव, २८ गतेको निर्णय बदर गर्नुपर्ने नेपाल पक्षको ‘बटमलाइन’

चैत २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् ।

Muktinath Bank

माधव नेपाल पक्षले भने फागुन २८ गते ओली पक्षले एकतर्फी ढंगले गरेको निर्णय बदर गर्नुपर्ने अडान राखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार भएको छलफलमा ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारीविहीन बनाउने तथा प्रदेश इन्चार्ज हेरफेर गर्ने निर्णय खारेज गर्न नेपाल पक्षले माग गरेको छ । 


Advertisment
Nabil box
Kumari

बैठकपछि नेता रघुजी पन्तले कुराकानी सकारात्मक ढंगले भएको बताए । ‘दुवै पक्षले आफ्नो अडान राख्ने कुरा भयो, सकारात्मक ढंगले छलफल शुरू भयो,’ पन्तले भने । 

Vianet communication
Laxmi Bank

बैठकमा अध्यक्ष ओली पक्षबाट महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी छन् ।

चैत्र ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका शीर्ष नेताबीच छलफल भएको छ । प्रतिनिधिसभा विघटन भएपछि ओली र नेपालबीच यसरी औपचारिक छलफल भएको थिएन ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै एमाले ब्युताइदिएपछि ओली र नेपाल पक्षबीच संवाद हुन सकेको थिएन । 

सोमवारको भेटवार्तापछि एमाले विवादमा ‘आइसब्रेक’ भएको ठानिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x