१० साउन २०८३, आइतबार

पाटन अस्पताललाई इजरायलबाट स्वास्थ्य उपकरण हस्तान्तरण

चैत २, २०७७
पाटन अस्पताललाई इजरायलबाट स्वास्थ्य उपकरण हस्तान्तरण
फाइल फोटो

नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

राजदूत अन्न गोडरबाट सोमवार अस्पतालका निर्देशक डा. रवि शाक्यलाई १–१ थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गरिएको छ ।

सो अवसरमा राजदूत गोडरले ललितपुरमा रहेका धेरै अस्पतालमध्ये पाटन अस्पताल कोरोनाको उपचार र नियन्त्रणमा अग्रस्थानमा रहेर पाउँदा सहयोग गर्न लागिएको बताए ।

अस्पतालका निर्देशक डा. शाक्यले कोभिडका कारण लगभग १० महिना आर्थिकरूपमा थला परेको अस्पतालले सामग्री पाउँदा थप आवश्यक सेवा दिन सक्ने भएको जनाए । एनेस्थेसिया प्रविधि हरेक बिरामीलाई शल्यक्रिया गर्नुपर्दा बेहोश गर्न काम लाग्नाका साथै प्यासेन्ट मनिटर भने बेहोश बिरामीको रक्तचाप, मुटुको चाल तथा श्वासप्रश्वास आदिका बारेमा जानकारी लिन आवश्यक पर्छ ।

इलेक्ट्रोकाडियोग्राफ उपकरणले मात्र मुटुको अवस्थाका बारेमा चिकित्सकलाई राम्रो जानकारी दिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्