काठमाडौं, ९ जेठ– संसद बैठक बस्नु अघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमोका अध्यक्ष केपी ओली, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, स्थानीय विकास मन्त्री विजय गच्छदार, कांग्रेस महामन्त्री शशांक कोइरालालगायत नेताको सहभागिता थियो ।
बैठकमा एमाले अध्यक्ष ओलीले स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयको विरोध गरेका थिए । ‘कुन नियम र कानुनको आधारमा स्थानीय तहको संख्या थपियो ?’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक एमाले नेताले भने, ‘ एमालेलाई हराउने किसिमले संख्या थप गर्ने ?’
बैठकमा करका दायराहरु बृद्धि नहुने गरी बजेट ल्याउने विषयमा सहमति भएको जनाइएको छ ।