२९ असार २०८३, सोमबार

२८ गतेको बैठकलाई शून्य अवस्थामा पुर्‍याऔं भन्ने हाम्रो प्रस्ताव स्वीकार्य भएन : माधव नेपाल

२८ गतेको बैठकलाई शून्य अवस्थामा पुर्‍याऔं भन्ने हाम्रो प्रस्ताव स्वीकार्य भएन : माधव नेपाल

नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फागुन २८ गतेको निर्णयलाई शून्य अवस्थामा पुर्‍याउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएको बताएका छन् ।

फागुन २८ गतेको बैठक वैधानिक नभएको नेपालको भनाइ छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमवार अध्यक्ष ओलीसहित भएको छलफलपछि बाहिरिने क्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेता नेपालले २८ गतेको बैठकलाई शून्यमा पुर्‍याएर समग्र विषयमा छलफल गर्न प्रस्ताव राखिएको बताए ।

‘२८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऊँ । त्यसपछि सिंगो स्थितिको बारेमा बसेर छलफल गरौं, कार्यदल पनि बनाउन सकिन्छ भन्दा त्यो स्वीकार्य भएन,’ नेता नेपालले भने । 

उनले २८ गतेको निर्णय स्थगत आफूहरूको ‘बटमलाइन’ भएको बताए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले २८ गते प्रदेश इन्चार्जको जिम्मेवारीमा हेरफेर गर्दै आफूपक्षीय नेतालाई जिम्मेवारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्