०८ असार २०८३, सोमबार

उत्तराखण्डका नयाँ मुख्यमन्त्री भन्छन्– नरेन्द्र मोदी राम हुन्, भविष्यमा गरिनेछ पूजाअर्चना

चैत २, २०७७
उत्तराखण्डका नयाँ मुख्यमन्त्री भन्छन्– नरेन्द्र मोदी राम हुन्, भविष्यमा गरिनेछ पूजाअर्चना

भारतको उत्तराखण्ड राज्यका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले प्रधानमन्त्री नरेन्द्र मोदीको तुलना भगवान् रामसँग गरेका छन् । 

एक सार्वजनिक कार्यक्रममा उनले भने, आजकल विभिन्न देशका नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोटो खिचाउन तँछाडमछाड गर्छन् । पहिलाको भन्दा यो फरक स्थिति हो । पहिला संसारका अन्य नेताहरूलाई हाम्रो राष्ट्रप्रमुखसँग खासै मतलब हुँदैनथियो । नरेन्द्र मोदीका कारण यसमा परिवर्तन आएको छ । उहाँले नयाँ भारत बनाउनुभएको छ ।’

आइतवार एक सामाजिक संस्थाले आयोजना गरेको नेत्र कुम्भ नामक कार्यक्रममा रावतले यस्तो बयान दिएका हुन् । 

मोदी जिन्दाबादका नाराहरूबीच रावतले भने, ‘भगवान् रामले समाजका लागि राम्रो काम गर्नुभएको थियो त्यसैले मानिस उहाँलाई भगवान् मान्थे । भविष्यमा हाम्रा प्रिय प्रधानमन्त्रीलाई पनि यसै गरिनेछ ।’
 

salt training

कमेन्ट गर्नुहोस्