११ साउन २०८३, सोमबार

शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

चैत २, २०७७
शहीद स्मारक ‘सी’ डिभिजन लिग : मनोहरा विजयी

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा मनोहरा युनाइटेड विजयी भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनोहराले महावीर क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । खेलको १९औँ मिनेटमा मनोहराका लागि प्रकाश सिंहले पहिलो गोल गरे । खेलको २२औँ मिनेटमा विनय खड्काले गोल गर्दै मनोहरालाई २–० को अवस्थामा पु¥याए ।

    यस्तै खेलको २७औँ मिनेटमा राम ढकालले महावीर क्लबका लागि पहिलो गोल गर्नुभयो । यस्तै खेलको ५४औँ मिनेटमा महावीरका गोलकिपर आमोस टुडुले रातो कार्ड पाए । त्यसपछि महावीर १० खेलाडीमा सीमित बन्न पुग्यो । यसैगरी खेलको ८१औँ मिनेटमा महावीरका लागि रोमन तामाङले गोल गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए ।

यसैगरी खेलको ८७औँ मिनेटमा मनोहराका लागि सुनिल लामाले गोल गर्दै आफ्नो टोलीलाई जीत दिलाए । जीतसँगै मनोहोराले तीन अङ्क जोडेको छ । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्