०३ असार २०८३, बुधबार

भीरबाट लडेर मृत्यु

चैत २, २०७७
भीरबाट लडेर मृत्यु

बझाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ ।  केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको मृत्यु भएको छ ।  

धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेको थिए । आइतबार घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा आज बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ । मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएकोे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्