०३ असार २०८३, बुधबार

सैनिक शासनको विरोधमा दूतावास अगाडि प्रदर्शन

सैनिक शासनको विरोधमा दूतावास अगाडि प्रदर्शन

म्यानमार (बर्मा) मा सैनिक सत्ताद्वारा भैरहेको हत्या र दमन विरुद्ध, राजनीतिक बन्दीको बिना शर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले नेपालस्थित म्यानमार दूतावास अगाडि प्रदर्शन गरेको छ ।

 ललितपुर भैँसेपाटीस्थित म्यानमार दूतावास अगाडि दिउँसो भएको प्रदर्शनमा ‘म्यानमार ः सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन’, ‘हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर’, ‘राजनीतिक बन्दी रिहा गर, मानवअधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।

 प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं पूर्वसभापति उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागार्इं, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलगायत अधिकारकर्र्मीको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्