नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् ।
पार्टी अनुशासन समितिका संयोजकसमेत रहेका नेता आङ्देम्बेले मुलुकमा सिर्जना भएको पछिल्लो राजनीतिक गतिविधिका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सङ्कटमा परेको र दलहरुबीच नयाँ सरकार गठनका लागि छलफल भइरहेपनि काँग्रेस अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताए ।
नेपाल प्रेस युनियन खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले सरकारमा जान हतार नगर्ने पनि स्पष्ट पारे ।
नेता आङ्देम्बेले सरकारको नेतृत्व गरिरहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को रुपमा छुट्टयाएपछि वर्तमान राजनीतिक सङ्कट गहिरिएको बताए ।