२३ असार २०८३, मंगलबार

कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्रिय शिक्षा नीति’बारे छलफल गर्ने

चैत ३, २०७७
कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्रिय शिक्षा नीति’बारे छलफल गर्ने

नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ ।

कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ ।

विभागले १ नम्बर प्रदेशमा गोकर्ण बानियाँ, २ नम्बर प्रदेशमा रघुसिंह थारू, बाग्मती प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्रदेशमा डा. महेन्द्रकुमार मल्ल र सुदूरपश्चिम प्रदेशमा सुरेशराज जोशीलाई संयोजक तोकेको छ ।

तोकिएका संयोजकहरूले ७ वटै प्रदेशमा व्यापक छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्