२२ असार २०८३, सोमबार

नेपालको भेलाप्रति सूर्य थापाको टिप्पणी : प्रचण्डको होमवर्कबमोजिम एमाले विभाजन गर्ने षड्यन्त्र !

नेपालको भेलाप्रति सूर्य थापाको टिप्पणी : प्रचण्डको होमवर्कबमोजिम एमाले विभाजन गर्ने षड्यन्त्र !

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टी विभाजित गर्ने षड्यन्त्रको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले भेला खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो भनेर टिप्पणी गरेका छन् ।

‘यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाईजात्रा पनि भन्न सकिन्छ । आफ्नो निहित स्वार्थका लागि नेकपा एमाले विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो,’ उनले लेखेका छन्, ‘यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।’

सल्लाहकार थापाले गुटको भेलामा सहभागी हुन एमालेका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । ‘यो आमजनता र कार्यकर्ताको आकांक्षा र अभिमत विपरीतको क्रियाकलाप हो । यस्तो कार्यमा कोही कसैले आफूलाई सामेल नगरौ ।’

यस्तो छ थापाले लेखेको विस्तृत स्टेटस –

शहरमा "विधि र पद्धति"काे रमिता कि गाइजात्रा ? नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने...

Posted by Surya Thapa on Monday, March 15, 2021

salt training

कमेन्ट गर्नुहोस्