०३ असार २०८३, बुधबार

बल्खुमा ३२ वर्षीया महिलाको शव बोराभित्र फेला, मृतकका पति फरार

बल्खुमा ३२ वर्षीया महिलाको शव बोराभित्र फेला, मृतकका पति फरार
प्रतिकात्मक तस्वीर

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्ने ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा मृत फेला परेकी छन् ।

श्रेष्ठको शव बोरामा प्याक गरिएको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

फरार रहेका मृतकका पतिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको टाउको पछाडि चोट भएकाले हत्याको आशंका गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्