
प्रतिनिधि सभाको मंगलवारको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।
उनी विक्रम संवत् २०७० सालको संविधानसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।