०८ असार २०८३, सोमबार

ओलीलाई योगेशको जवाफ : धम्कीको भाषा नबोल्नुस्, भोलिको कार्यक्रममा प्रमुख अतिथि बन्नुस्

ओलीलाई योगेशको जवाफ : धम्कीको भाषा नबोल्नुस्, भोलिको कार्यक्रममा प्रमुख अतिथि बन्नुस्

नेकपा एमाले माधवकुमार नेपाल समूहले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारवाही गर्ने भन्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भाषा धम्कीपूर्ण भएको आरोप लगाएको छ । 

बुधवारका लागि बोलाइएको कार्यकर्ता भेलाको तयारीबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले शक्तिको भाषा नबोल्न चेतावनी दिएका हुन् । 

‘प्रधानमन्त्रीका अभिव्यक्ति सुन्न पाएका छौं, यो बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन । बुद्धको अनुयायी भएका प्रधानमन्त्रीलाई यति भन्न चाहन्छु,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यूले हाम्रो कार्यकर्ता भेलामा पनि नजर लगाउने भन्नुभएको रहेछ । उहाँको तर्फबाट को–को नजर लगाउन आउनुहुन्छ, स्वागत छ । तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुस् । यो भेलाको प्रमुख आतिथ्यता गर्नुस्, देशभरबाट आउने सबै तपाईंकै कार्यकर्ता हुन् ।’ 

भट्टराईले कारवाहीले पार्टी अगाडि नबढ्ने भन्दै धम्कीको भाषा नबोल्न प्रधामनन्त्रीसँग आग्रह गरे । ‘हामी सबै एकपछि अर्को कारवाही भोग्न लामबद्ध नै छौं, त्यो अहंकारपूर्ण अभिव्यक्ति नबोल्न आग्रह गर्छु,’ भट्टराईले भने । 

salt training

कमेन्ट गर्नुहोस्